कसले भन्छ समयसंगै घाउहरु पुरिन्छन् ? कतिपय घाउ समयसंगै हराउदैनन् बरु नयाँ तहहरु थपिदै जान्छन् ।
बाबाको बिनाको २४ वर्ष । बाबालाई सम्झदाँ लाग्छ, मौनता पनि स्मृतिको एउटा भाषा रहेछ । हो, केही अभावहरु समयसंगै हलुका हुदैनन्, तिनीसंग बाँच्न मात्र सकिन्छ ।
म पनि त अब पहिले जस्तो छैन, फालिदिएकी छु, मैले आफ्नो मौलिक स्वभावलाई । ठट्टा गर्छु, हाँस्छु, गीत गाउँछु, गफ गर्छु । तर मनभित्रको कुरा कतै चुहाउँदिनँ । जान्दछु यो, जो ओढेको स्वभाव छ, त्यो पनि एउटा कृत्रिमता हो ।