Twitxy Saved

PMO

Verified account This account is verified because it is a government or multilateral organization account. Learn more

@PM_nepal_

Prime Minister of Nepal
Singhadurbar, Kathmandu Nepal opmcm.gov.np Joined June 2015
27 Following 731K Followers 1.4K Posts

Latest posts 5

PMO Verified account @PM_nepal_
मन्त्रिपरिषद्को बैठकले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको भारत भ्रमण स्वीकृत गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले सम्माननीय प्रधानमन्त्री शाहज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डलको यही मंसिर ६ र ७ गते हुन लागेको भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। यो भ्रमण भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणा हुन लागेको हो।

भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले भारतका राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नुहुनेछ। उहाँले भारतीय समकक्षी प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ। साथै, प्रधानमन्त्री शाहज्यूसँग भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरज्यूले शिष्टाचार भेट गर्नु हुनेछ।

भ्रमणका क्रममा नेपाल र भारतबीचको बहुआयामिक सहयोगात्मक सम्बन्धको समीक्षा गर्नुका साथै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ। सो क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाहरूको उदघाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

सम्माननीय प्रधानमन्त्रीज्यू २०८३ मङसिर ७ गते साँझ स्वदेश फर्कनुहुनेछ
7 replies 15 reposts 120 likes 14K views View on X
PMO Verified account @PM_nepal_
Ambassador of India to Nepal H. E. Mr Sudhakar Dalela paid a courtesy call on the Rt. Hon. Prime Minister Mr Balendra Shah today at the Office of the Prime Minister and Council of Ministers, Singhadurbar.

On the occasion, they discussed ways to further strengthen the longstanding partnership between Nepal and India, with a focus on accelerating connectivity and deepening economic ties.
1 replies 12 reposts 124 likes 5.8K views View on X
PMO Verified account @PM_nepal_
राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।

दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन करदातालाई सम्मान गर्नेछन्।

त्यसैगरी, करको दायरा विस्तार, करसम्बन्धी स्किम कार्यान्वयन, डिजिटल कर सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्ड राखिनेछ।

शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षणसमेत दिइनेछ।

करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष साझेदारीका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने तथा करको प्रत्यक्ष प्रतिफल नागरिकलाई अनुभूति गराउन सरकार प्रतिबद्ध छ।
0:40
3 replies 6 reposts 49 likes 8.8K views View on X
PMO Verified account @PM_nepal_
सरकारले मकवानपुरको भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। यस सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्ति।